Saturday 22 October 2022

बा

 बा ।

बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो

तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो ।

तब सगै लगिदै थियो

मेरो खुशिका पोकोहरु।

बा, जब मैले चिता माथी रहेको तिम्रो

 शरिरमा आगो लगाएको थिए।

सगै मैले मेरो रहरहरु माथी पनि आगो लगाएको थिए।

बा, मलाई थोरै आगोले पोल्दा आत्तिने तिमी

तिम्रो पुरै शरीर आगोले पोल्दा किन आत्तिएनौ।

किन भनेनौ छोरा पोल्यो भनेर ।

किन उठेर भनेनौ म निदाए थिए मरेको होइन भनेर?

बा, तिम्रो शरीर जलेर खरानी हुँदै गर्दा 

मेरो मन जलेर खरानी हुदै थियो।

बा, तिम्रो तिम्रो शरीर जल्दै गर्दा निस्किएका कालो धुवाले

मेरो कालो भबिस्यको मार्ग बनाउदै थियो ।

बा, तिमी जल्दै गर्दा आएको गन्धले मलाई हुर्काउन पढाउन खुवाउन तिमिले बगाएको पसिनाको 

मूल्य बताउदै थियो।

बा, जब मैले ताते ताते सिक्दै गर्दा समाउने

तिम्रा हातका औंलाहरु जल्दै थिए।

तब काटी दिन मन लाग्दै थियो तिमी माथी आगो 

लगाउने आफ्नै हातका औलाहरु।

बा, जब तिम्रो अस्तु खोलाले बगायो 

तब सगै बगायो मेरो रहर मेरो खुशी र मेरो भबिस्यको अस्तु पनि ।


अभिराज खाती अन्जान

Tuesday 23 June 2020

लघु कथा भोक भाइरस लेखक अभिराज खाती अन्जान

लघु कथा
भोक भाइरस
भित्तामा छुन्डाइएको रेडियोले निरन्तर  समाचार भनी रहेको छ। कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाग्यो रे मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो अरे सरकारले लकडाउन अझै कडा बनाएको छ घर बाहिर निस्कनेलाई जो कोहिलाई प्रहरिले पक्राउ गर्छ अरे म यहि समाचार मेरा साना ३ नावालक सन्तान र श्रीमति सग खुट्टे खाट माथि बसेर सुनी रहेका थियौ।
कान्छी छोरी भोक लाग्यो भन्दै रोइरहेकी थिइन भर्खर
एक मुठी चामलको जाउलो पकाएर खुवाए पछि मज्जाले आमाको काखमा रमाउदै छिन  । अर्का छोराछोरिको अनुहार हेरे फिक्का फिक्का हरियालि महिना मै पनि
चैतको सुखापन जस्तो । श्रीमतीको अनुहार हेरे चिन्ताहरुको भेल उर्लेर बाढी आइरहेको थियो।
साझ पर्न सुरु भएको थियो। सबको भान्छामा खाना पकाउने तयारी हुदै थियो तर हाम्रोमा तयारी केही थिएन । के पकाउने तयारी गर्ने?? चामलको बोरा रित्तो छ। तेल नुन मसला सबै रित्तिएको छ। भएको एक मुट्ठी चामल पनि  अगि जावलो बनाएर छोरिलाई खुवाइ सकेउ। हामी संग भएको भनेको तनाब थियो कास त्यो तनाब पकाएर खान मिल्यो भने ।
श्रीमती के पकाउने भन्ने भाबले म प्रती हेरिरहेकि थिइन छोराछोरि भोक लाग्यो भन्ने भाबमा नियाउरो अनुहार लागाएर आखाले के खाने भन्ने प्रस्न गरिरहेका थिए। उफ्फ सबै जनाको आसा म माथी नै थियो।  लाचार भएर कुनै प्रस्नको उत्तर दिन सकिन । एक छिन एकान्तमा सोचेर बसिरहे एक्कासी मनमा यी समस्याको एउटै समाधान भेट्टाए । म संग अरु कुनै बिकल्प थिएन । आफुले सक्ने जति सबै गरेकै हो सधैं गरिरहेने काम रोकिए पछि चार ३  महिना बेरोजगार भए बिहान कमाएर बेलुका खानु पर्ने मान्छे म । मैले ३ महिना  कल्पना पनि गर्न नसक्ने समय थियो।
३ महिना त दाताहरुले राहत दिएका थिए र जसो तसो पुर्याएर कटाएका थियौ अब कसैले पनि राहत दिन सक्ने अवस्थामा थिएन्न। संक्रमण बढदो क्रममा थियो। 5 दिन देखि बुढा बुढी भोक्कै थियौ। बच्चाहरुलाइ थोरै जावलोको भरमा बचाइ रहेका थियौ। श्रीमती बिमारी थिइन लकडाउन पछि उनले सेवन गर्ने औसधि रोकिएको थियो। उनी दिन दिनै थलिदै गएकी थिइन ।
मैले सके जति सबै ठाउँमा कामको खोजी गरे कतै फेला पार्न सकिन। घरमा खाने अन्न थिएन श्रीमती झन थलिदै गैरहेकी थिईन। घरबेटिले ३ महिनाको भाडा दिन दिनदिनै दबाब र मानसिक तनाब दिई रहेका थिए।
जताततै कोरोना भाइरस र रुकुम हत्या काण्डको मात्रै चर्चा चलिरहेको थियो सरकार कोरोनाको औषधि खोजिरहेको थियो। सरकार कोरोना भाइरस बाट बचाउन भोक भाइरस फिजाइ रहेको थियो।
सडक सुन्सान थियो फाट्टफुट्ट गाडी ओहोर दोहोर गरिरहेका थिए। म संग
केही दिन देखि  काम खोज्न जादा प्रहरिले पटक पटक लाठिले हानेर घाइतेनै बनाइदिएका थिए । त्यही भएर त्यो साझ ज्यान निकै दुखेको थियो । मनमा तनाब थियो  बाहिर सिरसिर हावा चलिरहेको थियो ।सोचे
यदि हावा र तनाब खाएर मान्छे बाच्ने हुदो हो त कोहि पनि गरिब भोकै मर्दैन्न थिए होला। ती अबोध सन्तान र निर्दोश श्रीमती जो मलाई हरकुरामा साथ दिन्थिन। उनिहरुको मासुम अनुहार आखामा घुमिरहयो ।
एक्कलै रुनु सम्म रोएर अनि एउटा् निर्णय गरेर फर्किए।
घर फर्कदा श्रीमती र छोराछोरी मेरै प्रतीक्षामा रहेछन भान्सामा तातो पानी पाकेछ। हामिले तातो पानी पियए सुत्यौ।  छोरा छोरी सुतेको केही छिनमै निदाए म र श्रीमती भने निदाउन सकेनौ । सोचे कास कोरोना हामिलाई लागेको भए अस्पतालमा सरकारले खान त दिन्थ्यो । मैले हाम्रो पीडा सहन सकिन हामी संग अब एउटा बाहेक अरु बिकल्प बाकी थिएन । छोराछोरी निदाइ सकेका थिए म श्रीमती कहिले निदाउलिन भन्ने प्रतीक्षामा थिए। श्रीमती मलाई यस्तो नजरले हेरिरहेकी थिइन कि हाम्रो यो हेराइ नै अन्तिम हो। ऊनी हेर्दा हेर्दै निदाईन अनि पहिलो चोटि श्रीमती निदाएको मौका पारेर श्रीमतीको हत्या गरे र त्यस पछि ३ सन्तानको घाँटी थिचेर हत्या गरे त्यस पछि आफै पासो लगाए। तर म पासो लाग्ने बेला बिहान भैसकेको थियो घरबेटिले राती मध्यरातको हल्ला खल्ला सुन्नु भएछ । र के भएको राती भने सोध्न बिहान आएर बोलाउदा कोहि नबोले पछि झ्यालबाट
हेर्नू भएछ । र ढोका फुटाएर मलाई बिहोस अवस्थामा अस्पताल ल्याउनु भएछ। डाक्टर साब म मर्नु पर्ने मान्छे हो मैले मेरो सबै परिवारलाई मारिसकेको छु अब म मात्रै मर्न बाकी हो बिन्ती मलाई कहिले नबिउझिने दवाई दिनुहोस । म बेहोसिमै बोलिरहेको रहेछु वरिपरि प्रहरी र डाक्टरहरुको भिड रहेछ।
सबैका आँखा रसाइ रहेका थिए । मेरो कुरा कसैले मानेन्न । केही समय पछि प्रहरीको ठूलो मान्छेले जवानलाई मलाई हतकडी लगाउन आदेश दियो।
मलाई अस्पतालबाट अनुसन्धानको लागि हिरासतमा राखियो । धन्न भोकै भने राखेन टन्न खान दिएको थियो । धेरै दिनको भोक थियो पेटमा । खाना पनि निकै खाएछु।
अब म एउटै कुराको खोजिमा थिए एकान्त र एक्लै
। आखामा श्रीमती र ती अबोध सन्तानको याद आइरह्यो पिडाको सिमा रहेन। यदि खाने कुरा भएको भए मेरा मुटुका टुक्राहरु संग आज म रमाइ रहेको हुन्थे। साझ पर्न लागिरहेको छ मैले खोजेको समय हिरासत भित्र आज मिलेको छ । अब को केही समय पछि म मेरि श्रीमती र सन्तानहरुको साथमा बादल पारिको देशमा संगै हुनेछु।

अभिराज खाती अन्जान




Thursday 18 June 2020

कबिता


कबिता

मेरि उनि


बिस्वका सबै शब्द कोषहरु बाट 
‎मैले एउटा यस्तो शब्द खोज्दैछु जुन शब्दले
‎म मेरि उनी को बर्णन गर्न सकु ।
‎सायद बिस्वका महान कबिले पनि उनको बर्णन गर्दा
‎अपुरो गर्छन होला ।
‎ऊनी यति राम्री छिन कि स्वर्गकी परि पनि उनको रुपको डाहा गर्छिन ।
‎इन्द्रेणी को सात रंग बाट सजिएर
‎लाली गुरासको रंग सङ सापटी लिएर लगाएकी
‎लपक्क लालि ।
‎अनि आकाशका बादल बाट पैचो लिएर लगाएकी कालो गाजल।
सगरमाथाका सिर जस्ता सेता मिलेका दन्त लहर।
‎निधारमा चन्द्रमाको सिरबन्दीमा सजिएर
‎ अत्यन्तै सुगन्दित अत्तरबाट
‎नुहाएर मग्मगाइ रहेको कालो सुन्दर केस ।
‎अनुहारमा नारी जातिको सबै भन्दा महत्त्वपूर्ण लाजका गहनाबाट सजिएकी मधुर मुस्कानले भरिएकी
‎ सबैलाइ लठ्ठ पार्ने कोइलिका जस्ता मिठो आवाज नागबेलि चाल
‎ सम्पुर्ण गुणले भरीपुर्ण ।
‎ निलो आकाश को घुम्टो ओडेर मुस्कुराइ रहेकी मेरि उनी
‎थाहा छैन स्वर्गकि अप्सरा कस्ती छिन कुन्नी
‎ मैले कहिल्यै देखेको छैन स्वर्गकि अप्सरा त केवल काल्पनिक मात्रै हुन
‎तर मैले धर्तीमा भने साच्चिकै अप्सरा देखेको छु ती अप्सरा अरु कोहि होइन्न हुन त केबल मेरि उनी ।
प्रकृति को सुन्दरता कै सबै भन्दा उत्तम सृष्टि मेरि उनि
मात्र मेरि उनी


अभिराज खाती अन्जान
थाहा ४ मकवानपुर हाल काठमाण्डौ

Ddkt by my love aj love


मुक्तक
1
नमज्जाले अभागी भाग्य फुट्यो कोरोनाले
भारी बोकि  खाने  सपना टुट्यो कोरोनाले
बिहान कमाइ बेलुका छाक टार्नु पर्ने बेला
गरिबहरुको हासो खुसी लुट्यो कोरोनाले
2
जनता सबै  भिकारि  भए पछि के लाग्छर ??
नेता संग धनको भारी भए पछि के लाग्छर ?? सङ्कटमा  लुट्नै  पर्छ  भन्दै  अगि बढ्ने,
हाम्रै  नेता  भ्रष्टाचारि  भए पछि के लाग्छर ??
3
पुजा गर्नुस अछिता फाल्नुस निको हुदैन !!
प्राथना  गर्नुस  भेटी हाल्नुस निको हुदैन !!
रोग  निको  पार्नलाइ  औसधि  नखाएर,
थाल  ठोक्नुस दियो बाल्नुस निको हुदैन !!
4
समस्याले 😃 सताउछ  धैर्य  गर्नु  पर्छ!!
यो ओठले मुस्कान पाउछ धैर्य गर्नु पर्छ!!
जिन्दगी  दुखहरुको  खानी  हो  हजुर,
दुख  पछि  सुख  आउँछ  धैर्य गर्नु पर्छ!!

5)
आमा बुबा  घरको याद आइ रहन्छ !!
भित्र भित्रै  पिडाले मन खाई रह्न्छ !!
अझै कति  कोठा भित्रै बस्नु पर्ने हो,
यहि चिन्ताले बारम्बार सताई रहन्छ !!

अभिराज खाती अन्जान
थाहा नगरपालिका ४ मकवानपुर
हाल काठमाण्डौ


मुक्तक
भ्रष्टाचारि  सबलाई  रोक्छु  नेता  बन्छु अब !!
कमाउने  एजेन्डा  बोक्छु   नेता  बन्छु अब !!
मेरो देशमा गफ लाउनेकै राज चलेको बेला,
रिवन काट्छु भाषण ठोक्छु नेता बन्छु अब !!

मुक्तक
लागे  पनि  दिलमा चोट जानू पर्छ
फेरि दिन  बाउको  कोट जानू पर्छ
आफ्नै देशमा केही रोजगार नहुदा
बोकेर  हरियो  पासपोट जानू पर्छ

मुक्तक
नेपालीको छोरा हु म गर्छु सबको मान
लगाउदा नेपाली टोपी बढछ मेरो शान
समयको  भेलमा  बगि  जता पुगे पनि
ढाका  टोपी   खुकुरी  नै मेरो पहिचान
मुक्तक
पिरतिमा जित्यौ मेरो हार बनाइदियौ
छोडी गयौं दुखहरु अपार बनाइदियौ
तर पनि धन्यवाद दिन्छु तिमिलाइ म
छोडेर मलाई साहित्यकार बनाइदियौ
मुक्तक
थोपा थोपा गरि सागर जमाउनु छ
आफ्नै   परिवार   संग  रमाउनु छ
ऋण तिर्न बालाई खुसी राख्नलाई
आफु भोकै बसेर धन कमाउनु छ

मुक्तक
भ्रष्टाचारि  सबलाई  रोक्छु  नेता  बन्छु अब !!
कमाउने  एजेन्डा  बोक्छु   नेता  बन्छु अब !!
मेरो देशमा गफ लाउनेकै राज चलेको बेला,
रिवन काट्छु भाषण ठोक्छु नेता बन्छु अब !!

मुक्तक
चाड आउँछ  पर्व आउँछ नरमाइलो लाग्छ !!
यी  नयनले  दुख  पाउछ नरमाइलो लाग्छ !!
आमा  हुदा  घर 😒गएर  रमाइलो  गरेको,
बिगतका यादले सताउछ नरमाइलो लाग्छ !!
मुक्तक
भाग्यले  ठगेकाहरु  नजन्माउ  है  दैब
गर्भमै 😎 मार  बरु नजन्माउ  है  दैब
पीडा दिई जिउँदो लास बनाउनु भन्दा
म जस्तोअभागी अरु नजन्माउ है दैब

मुक्तक
दोषीहरु राजनीतिक पोल समाएर बस्छन्!!
जताततै  आफ्नै   हैकम  जमाएर बस्छन!!
मेरो   देशको  राजनीतिको  सत्य यहि हो,
निर्दोश  फस्छन   दोषीहरु रमाएर बस्छन!!

अभिराज खाती अन्जान






Tuesday 7 April 2020

लघु कथ - धर्म -


लघु कथा
             

गाउँमा पानीको अभाब थियो पानी लिन गाउँबाट केही पर कुवा सम्म पुग्नु पर्थ्यो । बिहानको ४ बजे एका बिहानै पुजा गर्न पिताम्बर सर्मा(पन्डित बाजे )पधेरोबाट  पानी लिएर फर्किनै थिए । त्यति नै खेर फुलमाया पानी लिन पधेरो तिरै जाँदै थिइन। दलित भएको कारण गाउलेहरुले घृणा गर्थे  कुनै बेला पानी भर्नै दिदैन्न थिए त्यसैले गाउँमा भएका दलित समुदायका मान्छेहरु अलि छिट्टै पानी लिन पधेरो पुग्थे।  बाटोमा फुलमाया बिक र पन्डित बाजेको जम्काभेट भयो । राती मज्जाले पानी परेकोले बिहान बाटो निकै चिप्लो थियो त्यसै माथि रातो माटो उफ्फ खाली हिन्दा पनि चार  पाउ टेकेर हिन्नु पर्ने। अर्को बिकल्प पनि थिएन गाउलेहरु संग पधेरो सम्म पुग्ने त्यही एउटा बाटो थियो फुलमाया र पिताम्बर एकाअर्कालाई हेराहेर गरेर तर केही नबोली आफ्नो आफ्नो बाटो  लागे। पन्डितबाजे पुजा गर्न ब्यस्त भए । ऎया मरेनी बाबा कतै बाट आवाज सुनियो पन्डितबाजे कोहो ह के भयो?
पन्डित बाजे पुजा बिचैमा छोडेर आवाज आएको ठाउँ तिर दौडिए। फुलमाया पानी बोकेर आउदै गर्दा चिप्लिएर लडिछिन। उठन सकेकी थिइन्न । गाउँमा छुवाछूत र जातिय बिभेदको बिग्बिग्ती थियो। पिताम्बर सर्मा दोधारमा परे। उता पुजा सक्केको छैन । यता छुन नहुने जातलाई कसरी उठाउनु फुलमाया लडेर रोई रहेकी थिईन। प्रखर ब्राह्मण थिए पिताम्बर  सर्मा अहिले सम्म कुनै सानो जातले छोएको खानु त परै जावस कुनै सानो जातलाई छोएको पनि थिएन्न ।त्यसै माथी फुलमाया बिधुवा पनि थिईन ३ महिना अगि मात्रै श्रीमान् गुमाएकी थिइन फुलमायाले। फुलमाया  ६ महिनाको गर्भवती पनि थिईन।
वरपर हेरे कोहि देखिएन्न। पिताम्बर सर्मा फुलमायालाई बिस्तारी उठ उठ भनी रहे तर उठाउन गएन्न पिताम्बरले सोचे अलिअली चिप्लिएको मात्रै होला। केही समय पछि अलि उज्यालो भयो पधेरोमा पानी लिन मान्छेहरु आउन थाले अनि पिताम्वर सर्मा घर गए र फेरि पुजा सुरु गर्न थाले। उफ्फ यो कस्तो धर्म?
केही महिलाहरु मिलेर फुलमायालाई उठाए। फुलमायालाइ निकै असर परेको थियो। फुलमाया त्यही बेहोस भइन ।त्यहा जम्मा भएका मान्छेहरु मिलेर फुलमायालाई अस्पताल पुर्याए। फुलमायालाइ अस्पताल पुर्याएको केही समय पछि डाक्टर रोहित थापाले फुलमायाको मृत्यु भएको खबर सुनाए। मलिनो अनुहार पार्दै डाक्टर रोहित थापा भन्छन  अस्पताल एकै छिन अगि मात्रै ल्याउनु भएको भए फुलमाया बाच्ने थिइन। हामिले निकै प्रयास गरेउ तर आमा र बच्चा दुबैलाई बचाउन सकेनौ ।  रोहित सर्मा दुखी हुँदै अर्को बिमारी जाच्न भित्र गए।
बिहान बिहानै लडेर आमा र पेट भित्र रहेको शिशु सहि दुई जनाको ज्यान गयो। यो खबर पिताम्बर
सर्माको कानमा पनि पुग्यो। पिताम्बर सर्मा आफुले आफैलाई प्रस्न सोध्न थाले हे भगवान मैले पाप गरेकी पुन्य ?मैले बेलैमा उठाइ दिएको भए आज फुलमाया बाच्ने थिइन। गाउँ भरी फुलमायाको चिप्लिएर लडेर निधन भएको हल्ला फैलियो। बिचरी फुलमाया ३ महिना अगि श्रीमान् गुमाई अहिले आफु पनि गै अब ती २ नाबालक छोरिहरुको बिजोग हुने भयो। सानुमाया काकी रुन थालिन।
होइन सबै भन्दा पहिले कस्ले देखेका
रहेछन  ? साइला बा खोक्दै बोले । बिहान फुलमायालाई उठाएर अस्पताल लगेकी शान्ती बिक गहभरी आँसु पार्दै पिताम्बर बाजेले देखेका रहेछन। तर दलितलाइ छुदा भगवान रिसाउछन भनेर न उठाएका होलान । उनले उठाएर अस्पताल सम्म पुर्याइ दिएको भए। तिनले अहिले सम्म नकमाएको धर्म कमाउथे।
सान्ती रुदै गुनासो पोख्न लागिन।
गाउँमा दलित भने पछि निकै घृणा गर्थे ठुला जातिका मान्छेहरु। त्यसैले कति पएले त समाजको घृणा सहन नसकेर गाउनै छोडेर वसाइ सरिसकेका थिए । भएका हरु पनि धर्म परिवर्तन गर्न बाध्य थिए। उता
पिताम्बर सर्मालाई फुलमायाको घटनाले सधैं पछुतोमा पारिरहे। सपनाहरू पनि निकै नराम्रा नराम्रा देख्न थाले त्यस बिचमा पिताम्बरले आफ्नो एक छोरी र श्रीमती गुमाइ सकेका थिए । लामो समय बित्यो गाउँको जनसंख्या र घरहरु बड्दै गयो। गाउँमा चर्च मन्दिर गुम्बा र मस्जिदहरु पनि थपिए। तर पिताम्बर सर्मा कहिले पछुताउन छोडेन्न।
सधैं आफुले आफैलाइ प्रस्न गरिरहे त्यो दिन मैले फुलमायालाइ न उठाएर ठूलो पाप गरे।
त्यो घटनाबाट पाठ सिकेर पिताम्बरले सबै भन्दा ठूलो धर्म मानवता हो भन्ने बुझेर। त्यस दिन देखि आफू भन्दा सानो जात र अलग धर्म मान्नेहरुलाई कहिले घृणा गरेन्न ।सबैलाई यो पाठ सिकाउदै हिन्न थाले पिताम्बर । कि सबै भन्दा ठूलो धर्म मानवता हो गाउँमा मान्ने गन्नेको सुचिमा नाम पर्ने पिताम्बरको कुरा धेरैले सुन्थे र मान्थे पनि पिताम्वरलाई सबैले सम्मान गर्थे । पिताम्बरकै कारण ५/६ बर्षमा गाउँमा आमूल परिबर्तन भैसकेको थियो। जातिय र धार्मिक विभेद निकै कम थियो । त्यहा का जनता सबै आफ्नो आफ्नो धर्म मान्थे सबैले सबैको धर्मलाई सम्मान गथे कोहि कोहि बुढा पाका भने पिताम्बरलाई मन पराउदैन्न थिए।
गाउँमा कसैलाई अफ्ट्यारो पर्यो भने सबै एकजुट भै हाल्थे। यहाँ विभिन्न  जात र विभिन्न धर्मका मान्छेहरु हुन्थे तर यहाँ जात र धर्मको कुरै हुदैन्न थियो।
फुलमायाको २ छोरी पनि अहिले तरुनी भै सकेका छन  दुई वटै कलेज पढ्छन अहिले।
पिताम्बरका छोरा थिएन्न। भएको एक छोरी र श्रीमतीको पनि मृत्यु भैसकेका कारण पिताम्बरले फुलमायाको २ छोरिलाई आफ्नो छोरी बनाएर पालेका थिए। पिताम्बर ७० बर्ष पुगिसकेका छन । उनी अहिले निकै बिमारी झान फुलमायाको छोरीहरुले पिताम्बरको निकै हेरचाह गर्छन। आज गाउँ भरिका मान्छे बोलाएर खै के मिटिङ गर्दैछन कुन्नी गाउँका जान्ने बुझने सबै पिताम्बरको घरमा भेला भए छन
पिताम्बर खाटमा सुतिरहेका छन बोल्न सकिरहेका छैन्न । ऊनी अझै पनि सम्झी रहेका छन त्यो दिन। र फेरि भन्दैछन सबै भन्दा ठूलो धर्म मानवता हो सबै जनाले बुझनु होला ।विभेद कहिले कसैलाइ नगर्नु होला घमण्ड कहिले नगर्नु होला आखिर एक दिन सबै जना मरेरै जान पर्छ ।पिताम्बरलाई बोल्न निकै गाह्रो भै रहेको छ ।तर पनि बोल्दै छन । सिरानी बाट थोत्रो लालपुर्जा र  कागजहरु निकाल्दै कालो मसिको औठा छाप लगाएर र सबै गाउलेहरुलाई साची राखेर आफ्नो सम्पती छोरिहरुको नाम गर्दिदैछन।
सबै जना पिताम्बरलाई देखेर गर्व गर्थे।
एक दिन अचानक गाउँ भरी रुवाबासि मच्चियो ।
पिताम्बर सर्माको निधन भयो अरे । आफु हरुको आदर्श र गाउँ नै परिवर्तन गर्न सफल भएका पिताम्बरको निधन हुदा गाउले सबै शोकमा डुबे
सबै जात धर्म मान्नेहरु अन्तिम सस्कारमा भेला भए
उनको धर्म अनुसार अन्तिम सस्कार गरियो तर त्यहा कुनै विभेद देखिएन ।
अहिले गाउँमा धेरै धर्मालबिहरु छन। कोहि कसैलाई घृणा गर्दैन्न सबै मिलेर बस्छन आफ्नो आफ्नो धर्म अनुसार कार्यक्रम गर्छन। तर मिलेर बस्छन सबै भन्दा ठूलो धर्म मानवता हो भन्ने सबै गाउलेलाई थाहा छ। यहाँ धर्मको नाम मा कहिले विवाद हुदैन ।

सबै गाउलेहरुलाइ पिताम्बर सर्मालाइ कहिले बिर्सदैन्न


अभिराज खाती अन्जान
थाहा नगरपालिका ४ मकवानपुर
हाल काठमाण्डौ २०७६/१२/२५

Sunday 22 March 2020

कबिता अनाथको सपना

कबिता
                अनाथको सपना

यो गर्मी महिना पनि मेरो लागि
आमा जस्तै लाग्छ
अब केही महिना कठ्याङरिनु पर्दैन
मेरा यी कलिला शरिरले
अब म ढुक्कले सुत्न सक्छु।
 रुखको फेद र
मन्दिरका पेटिहरुमा।
अनि देख्ने छु सपना आमाको
काखमा निदाएको।
बाबाको हात समाएर हिडेको
सपनाबाट मलाई नबिउझाइ दिनु होला
फेरि गुम्नेछन मेरा सपनाका बुबा आमा
अनि गुम्नेछन बुबाको हात र आमाको काख।
हुनेछु फेरि एक्लै उहीँ चिसो भुइमा।
बग्ने छन फेरि पिडाको सागरहरु
बिन्ती मलाई नबिउझाई दिनु होला
तपाईंलाई त बिपनामा सबैले माया गर्छन
मलाई त सपनामा सबैले माया गर्छ्न।
त्यसैले निदाउन चाहान्छु।
बिपनिको घृणा बिर्सेर सपनिको
माया पाउन चाहान्छु।
सपनामा टन्न खाएर बिपनिको
भोक मेटाउन चाहान्छु।
म बिउझिए भने
दुख दिनेछन मेरा यि पेटले
फेरि भौतारिनु पर्छ
फालेका र जुठा खाने कुराहरु खोजिमा
कास: मैले देखेको सपना बिपना र
मैले भोगेको बिपना सपना भैदियोस।
आखिर  अनाथले रमाउने भनेको
सपनामा मात्रै हो।
बिपनामा त घृणा, जुठा खाने कुरा र
चिसो भुइ नै रहेछ।
त्यसैले मलाइ बिन्ती
नबिउझाइ दिनु होला



अभिराज खाती अन्जान
थाहा नगरपालिका ४ मकवानपुर हाल काठमाण्डौ



















Monday 14 October 2019

कबिता रङ्गहिन जिवन

कबिता
रंगहिन जीवन
जिन्दगीको एक रंगहिन सादा पानामा
देखाउन कै निम्ति कोरिएको खुसिको रंगिन
तस्बिरहरु ।
सत्य लुकाउनको निम्ति हर प्रयास गर्दैछन।
बिस्तारै मेटिदै जान्छन देखावटी  रंगहरु
फेरि लुकाउन तल्लिन हुन्छन।
झुटका झोकाहरु।
जब भेटिन्छ समकालीन साथिहरु तब बर्सिन्छन।
पिडाका झरिहरु।
बाहिर देखिएका रंगिन चिज सबै रंगिन हुदैन्न।
देखाउनैको निम्ति झुटा रङ पोतिएको हुन सक्छ।
जो पखालिएर जान्छ ।
म पनि एक झुटा मान्छे हु।
जो सादा र रंगहिन जिबनमा रंग भरेर दुनियाँलाई भ्रममा पारिरहेको छु।
 मस्त झुमिरहेको छ दुनिया मेरो झुटा रंगिन जीवन देखेर।
 म् त एक कलाकार न हु ।
 अभिनय गरि रहन्छु।
खुसी हुनु पनि म कुनै पात्रको अभिनय गरिरहेको छु।
 मेरो जिन्दगी नै अभिनयमा बितिरहेको छ ।
जब म एक्लै हुन्छु त्यो बेला म कलाकार होइन एक रंगहिन मान्छे हुनेछु।
जब म सधैंको निम्ति अभिनय गर्न छोड्छु तब मेरो अगि दुनियाले अभिनय गर्नेछ।
 अनि रुने छन सक्दो अभिनयमा डुबेर।
अनि बोल्ने छन भावनाका सुन्दर डाइलकहरु।
आखिर सबै कलाकार न हुन ।
फरक त यत्ती मात्रै हो गरिब मान्छेहरु ।
अरुको निम्ति अभिनय गर्छन त।
धनि मान्छेहरु आफ्नै निम्ति।


अभिराज खाती अन्जान




बा

  बा । बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो । तब सग...