Saturday 22 October 2022

बा

 बा ।

बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो

तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो ।

तब सगै लगिदै थियो

मेरो खुशिका पोकोहरु।

बा, जब मैले चिता माथी रहेको तिम्रो

 शरिरमा आगो लगाएको थिए।

सगै मैले मेरो रहरहरु माथी पनि आगो लगाएको थिए।

बा, मलाई थोरै आगोले पोल्दा आत्तिने तिमी

तिम्रो पुरै शरीर आगोले पोल्दा किन आत्तिएनौ।

किन भनेनौ छोरा पोल्यो भनेर ।

किन उठेर भनेनौ म निदाए थिए मरेको होइन भनेर?

बा, तिम्रो शरीर जलेर खरानी हुँदै गर्दा 

मेरो मन जलेर खरानी हुदै थियो।

बा, तिम्रो तिम्रो शरीर जल्दै गर्दा निस्किएका कालो धुवाले

मेरो कालो भबिस्यको मार्ग बनाउदै थियो ।

बा, तिमी जल्दै गर्दा आएको गन्धले मलाई हुर्काउन पढाउन खुवाउन तिमिले बगाएको पसिनाको 

मूल्य बताउदै थियो।

बा, जब मैले ताते ताते सिक्दै गर्दा समाउने

तिम्रा हातका औंलाहरु जल्दै थिए।

तब काटी दिन मन लाग्दै थियो तिमी माथी आगो 

लगाउने आफ्नै हातका औलाहरु।

बा, जब तिम्रो अस्तु खोलाले बगायो 

तब सगै बगायो मेरो रहर मेरो खुशी र मेरो भबिस्यको अस्तु पनि ।


अभिराज खाती अन्जान

बा

  बा । बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो । तब सग...