Tuesday 7 April 2020

लघु कथ - धर्म -


लघु कथा
             

गाउँमा पानीको अभाब थियो पानी लिन गाउँबाट केही पर कुवा सम्म पुग्नु पर्थ्यो । बिहानको ४ बजे एका बिहानै पुजा गर्न पिताम्बर सर्मा(पन्डित बाजे )पधेरोबाट  पानी लिएर फर्किनै थिए । त्यति नै खेर फुलमाया पानी लिन पधेरो तिरै जाँदै थिइन। दलित भएको कारण गाउलेहरुले घृणा गर्थे  कुनै बेला पानी भर्नै दिदैन्न थिए त्यसैले गाउँमा भएका दलित समुदायका मान्छेहरु अलि छिट्टै पानी लिन पधेरो पुग्थे।  बाटोमा फुलमाया बिक र पन्डित बाजेको जम्काभेट भयो । राती मज्जाले पानी परेकोले बिहान बाटो निकै चिप्लो थियो त्यसै माथि रातो माटो उफ्फ खाली हिन्दा पनि चार  पाउ टेकेर हिन्नु पर्ने। अर्को बिकल्प पनि थिएन गाउलेहरु संग पधेरो सम्म पुग्ने त्यही एउटा बाटो थियो फुलमाया र पिताम्बर एकाअर्कालाई हेराहेर गरेर तर केही नबोली आफ्नो आफ्नो बाटो  लागे। पन्डितबाजे पुजा गर्न ब्यस्त भए । ऎया मरेनी बाबा कतै बाट आवाज सुनियो पन्डितबाजे कोहो ह के भयो?
पन्डित बाजे पुजा बिचैमा छोडेर आवाज आएको ठाउँ तिर दौडिए। फुलमाया पानी बोकेर आउदै गर्दा चिप्लिएर लडिछिन। उठन सकेकी थिइन्न । गाउँमा छुवाछूत र जातिय बिभेदको बिग्बिग्ती थियो। पिताम्बर सर्मा दोधारमा परे। उता पुजा सक्केको छैन । यता छुन नहुने जातलाई कसरी उठाउनु फुलमाया लडेर रोई रहेकी थिईन। प्रखर ब्राह्मण थिए पिताम्बर  सर्मा अहिले सम्म कुनै सानो जातले छोएको खानु त परै जावस कुनै सानो जातलाई छोएको पनि थिएन्न ।त्यसै माथी फुलमाया बिधुवा पनि थिईन ३ महिना अगि मात्रै श्रीमान् गुमाएकी थिइन फुलमायाले। फुलमाया  ६ महिनाको गर्भवती पनि थिईन।
वरपर हेरे कोहि देखिएन्न। पिताम्बर सर्मा फुलमायालाई बिस्तारी उठ उठ भनी रहे तर उठाउन गएन्न पिताम्बरले सोचे अलिअली चिप्लिएको मात्रै होला। केही समय पछि अलि उज्यालो भयो पधेरोमा पानी लिन मान्छेहरु आउन थाले अनि पिताम्वर सर्मा घर गए र फेरि पुजा सुरु गर्न थाले। उफ्फ यो कस्तो धर्म?
केही महिलाहरु मिलेर फुलमायालाई उठाए। फुलमायालाइ निकै असर परेको थियो। फुलमाया त्यही बेहोस भइन ।त्यहा जम्मा भएका मान्छेहरु मिलेर फुलमायालाई अस्पताल पुर्याए। फुलमायालाइ अस्पताल पुर्याएको केही समय पछि डाक्टर रोहित थापाले फुलमायाको मृत्यु भएको खबर सुनाए। मलिनो अनुहार पार्दै डाक्टर रोहित थापा भन्छन  अस्पताल एकै छिन अगि मात्रै ल्याउनु भएको भए फुलमाया बाच्ने थिइन। हामिले निकै प्रयास गरेउ तर आमा र बच्चा दुबैलाई बचाउन सकेनौ ।  रोहित सर्मा दुखी हुँदै अर्को बिमारी जाच्न भित्र गए।
बिहान बिहानै लडेर आमा र पेट भित्र रहेको शिशु सहि दुई जनाको ज्यान गयो। यो खबर पिताम्बर
सर्माको कानमा पनि पुग्यो। पिताम्बर सर्मा आफुले आफैलाई प्रस्न सोध्न थाले हे भगवान मैले पाप गरेकी पुन्य ?मैले बेलैमा उठाइ दिएको भए आज फुलमाया बाच्ने थिइन। गाउँ भरी फुलमायाको चिप्लिएर लडेर निधन भएको हल्ला फैलियो। बिचरी फुलमाया ३ महिना अगि श्रीमान् गुमाई अहिले आफु पनि गै अब ती २ नाबालक छोरिहरुको बिजोग हुने भयो। सानुमाया काकी रुन थालिन।
होइन सबै भन्दा पहिले कस्ले देखेका
रहेछन  ? साइला बा खोक्दै बोले । बिहान फुलमायालाई उठाएर अस्पताल लगेकी शान्ती बिक गहभरी आँसु पार्दै पिताम्बर बाजेले देखेका रहेछन। तर दलितलाइ छुदा भगवान रिसाउछन भनेर न उठाएका होलान । उनले उठाएर अस्पताल सम्म पुर्याइ दिएको भए। तिनले अहिले सम्म नकमाएको धर्म कमाउथे।
सान्ती रुदै गुनासो पोख्न लागिन।
गाउँमा दलित भने पछि निकै घृणा गर्थे ठुला जातिका मान्छेहरु। त्यसैले कति पएले त समाजको घृणा सहन नसकेर गाउनै छोडेर वसाइ सरिसकेका थिए । भएका हरु पनि धर्म परिवर्तन गर्न बाध्य थिए। उता
पिताम्बर सर्मालाई फुलमायाको घटनाले सधैं पछुतोमा पारिरहे। सपनाहरू पनि निकै नराम्रा नराम्रा देख्न थाले त्यस बिचमा पिताम्बरले आफ्नो एक छोरी र श्रीमती गुमाइ सकेका थिए । लामो समय बित्यो गाउँको जनसंख्या र घरहरु बड्दै गयो। गाउँमा चर्च मन्दिर गुम्बा र मस्जिदहरु पनि थपिए। तर पिताम्बर सर्मा कहिले पछुताउन छोडेन्न।
सधैं आफुले आफैलाइ प्रस्न गरिरहे त्यो दिन मैले फुलमायालाइ न उठाएर ठूलो पाप गरे।
त्यो घटनाबाट पाठ सिकेर पिताम्बरले सबै भन्दा ठूलो धर्म मानवता हो भन्ने बुझेर। त्यस दिन देखि आफू भन्दा सानो जात र अलग धर्म मान्नेहरुलाई कहिले घृणा गरेन्न ।सबैलाई यो पाठ सिकाउदै हिन्न थाले पिताम्बर । कि सबै भन्दा ठूलो धर्म मानवता हो गाउँमा मान्ने गन्नेको सुचिमा नाम पर्ने पिताम्बरको कुरा धेरैले सुन्थे र मान्थे पनि पिताम्वरलाई सबैले सम्मान गर्थे । पिताम्बरकै कारण ५/६ बर्षमा गाउँमा आमूल परिबर्तन भैसकेको थियो। जातिय र धार्मिक विभेद निकै कम थियो । त्यहा का जनता सबै आफ्नो आफ्नो धर्म मान्थे सबैले सबैको धर्मलाई सम्मान गथे कोहि कोहि बुढा पाका भने पिताम्बरलाई मन पराउदैन्न थिए।
गाउँमा कसैलाई अफ्ट्यारो पर्यो भने सबै एकजुट भै हाल्थे। यहाँ विभिन्न  जात र विभिन्न धर्मका मान्छेहरु हुन्थे तर यहाँ जात र धर्मको कुरै हुदैन्न थियो।
फुलमायाको २ छोरी पनि अहिले तरुनी भै सकेका छन  दुई वटै कलेज पढ्छन अहिले।
पिताम्बरका छोरा थिएन्न। भएको एक छोरी र श्रीमतीको पनि मृत्यु भैसकेका कारण पिताम्बरले फुलमायाको २ छोरिलाई आफ्नो छोरी बनाएर पालेका थिए। पिताम्बर ७० बर्ष पुगिसकेका छन । उनी अहिले निकै बिमारी झान फुलमायाको छोरीहरुले पिताम्बरको निकै हेरचाह गर्छन। आज गाउँ भरिका मान्छे बोलाएर खै के मिटिङ गर्दैछन कुन्नी गाउँका जान्ने बुझने सबै पिताम्बरको घरमा भेला भए छन
पिताम्बर खाटमा सुतिरहेका छन बोल्न सकिरहेका छैन्न । ऊनी अझै पनि सम्झी रहेका छन त्यो दिन। र फेरि भन्दैछन सबै भन्दा ठूलो धर्म मानवता हो सबै जनाले बुझनु होला ।विभेद कहिले कसैलाइ नगर्नु होला घमण्ड कहिले नगर्नु होला आखिर एक दिन सबै जना मरेरै जान पर्छ ।पिताम्बरलाई बोल्न निकै गाह्रो भै रहेको छ ।तर पनि बोल्दै छन । सिरानी बाट थोत्रो लालपुर्जा र  कागजहरु निकाल्दै कालो मसिको औठा छाप लगाएर र सबै गाउलेहरुलाई साची राखेर आफ्नो सम्पती छोरिहरुको नाम गर्दिदैछन।
सबै जना पिताम्बरलाई देखेर गर्व गर्थे।
एक दिन अचानक गाउँ भरी रुवाबासि मच्चियो ।
पिताम्बर सर्माको निधन भयो अरे । आफु हरुको आदर्श र गाउँ नै परिवर्तन गर्न सफल भएका पिताम्बरको निधन हुदा गाउले सबै शोकमा डुबे
सबै जात धर्म मान्नेहरु अन्तिम सस्कारमा भेला भए
उनको धर्म अनुसार अन्तिम सस्कार गरियो तर त्यहा कुनै विभेद देखिएन ।
अहिले गाउँमा धेरै धर्मालबिहरु छन। कोहि कसैलाई घृणा गर्दैन्न सबै मिलेर बस्छन आफ्नो आफ्नो धर्म अनुसार कार्यक्रम गर्छन। तर मिलेर बस्छन सबै भन्दा ठूलो धर्म मानवता हो भन्ने सबै गाउलेलाई थाहा छ। यहाँ धर्मको नाम मा कहिले विवाद हुदैन ।

सबै गाउलेहरुलाइ पिताम्बर सर्मालाइ कहिले बिर्सदैन्न


अभिराज खाती अन्जान
थाहा नगरपालिका ४ मकवानपुर
हाल काठमाण्डौ २०७६/१२/२५

No comments:

Post a Comment

बा

  बा । बा,जब तिम्रो शरीर कहिले न उठने गरि ढल्यो तब संगै गर्लम्म ढल्यो मेरो जिन्दगीको बलियो खम्बा।जब तिमिलाई पोको पारेरघाट लगिदै थियो । तब सग...